पोखरामा भ्यानले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु

पोखरा ।

पोखरामा गाडीको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको इन्द्रचोक नजिकै बा १४ च ५८१२ नम्बरको गाडीले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनाबाट स्कुटर चालक कृष्ण प्रसाद चौलागाई २० को मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए । दुर्घटनामा घाइते चौलागाईंको उपचारका लागि नजिकैको पोखरा हस्पिटल लगिएको थियो । अस्पताल पु¥याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् ।

काठमाण्डौं स्थित एक इन्टरनेट कम्पनी मा काम गर्ने उनी कामकै शिलशिलामा पोखरा आएका थिए । बाटो काट्ने क्रममा महिलालाई जोगाउन खोज्दा उनको स्कुटर पल्टेको थियो । स्कुटर सहित पल्टिएका चौलागाईंलाई पछाडीबाट आईरहेको गाडीले ठक्कर दिएको हो । दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको र गाडी चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी ।