हेमजामा बृक्षारोपण कार्यक्रम

हेमजा, २२ जेठ
बिश्व वातावरण दिबसको अबसर पारि सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाले बृक्षारोपण गरेको छ । पोखरा २५ हेमजामा अबस्थित बालकल्यण आधारभुत बिद्यलयमा बृक्षरोपण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले सेवा केन्द्रले सरनिय काम गरेको भन्दै प्रसंसा गरे । त्यस्तै उनले रोपएिको बिरुवालाई बचाउन बिद्यलय परिवारलाई आग्रह गरे । कार्यक्रममा बिषेश अतिथी वढा प्रहरी कार्यलय बगरका प्रहरी निरिक्षक दिपक थापाले बृक्षारोपण गरिएको बिरुवाmलाइ जोगाउनु पर्ने बताए । त्यस्तै मनिसको सम्पती भनेको स्वस्थ्य भएकोले स्वस्थ हुनको लागि वातावरण पनि हरियाली र सफा हुनुपर्ने बताए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा हेमजाकी अध्यक्ष बिष्णु बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिब सृजना सापकोटाले गरिन ।