सिरहामा बिपत जोखिम न्यूनीकरण कम गर्न शसस्त्र प्रहरी दारा जनचेतना अभियान शुरु


महेश सिंह महतो , सिरहा ,२२ जेठ।

सिरहाको लहान नगरपालिका मित्र रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले बिपतको जोखिम न्यूनीकरण कम गर्न सिरहामा जनचेतना अभियान सम्बन्धि स्कुलले विद्यार्थीहरुलाई कक्षा शुरु गरेका छन् ।

गत बैशाख देखि शुरु गरेको सो अभियान अहिले लहान न. पा. को पेरागन , लिटिल स्टार,मेरी चिल्ड्रेन , एपोलो ॐ मा ।बी । स्कुल ,बस्तीपुर मा। बि। र शारदा म। बि। लगायतका विद्यालयहरुको छात्र छात्रा लाई बिपत जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सिरहाको लहान बेस क्याम्पका डि। एस।पि ।प्रेम रावलले बताए ।

यो अभियान कार्यक्रम सिरहा जिल्लामाको प्रतेक स्कुलहरुमा दिने गरेको स्थानीय र शिक्षकहरुको बुझाइ रहेको हो ।