अमेरिकन फौजी किरा गैंडाकोटमा पहिलो पटक भेटियो,मकैबालीमा क्षती ।

सुरज पौडेल,२० जेठ गैंडाकोट

गैंडाकोट ५ मा देखा परेको समान्य जस्तै देखीने किरा अमेरिकन फौजी किरा भएको पुष्टी भएको छ । उक्त किराले अहिले वडा नं. ४ र ६ मो मकै वालीमा क्षती पु¥यायको छ । किसानले लगायको मकैबालीमा मकै लगायको १५ देखी २० दिन भित्रमा यस्तो किरा देखिएको स्थानियले बतायका छन् । मकै लगाएर एकोहोरो खन्ने समयमा यो किरा देखिय पछी गैंडाकोको कृषी शाखा अनुगमनमा निस्केको हो । जसले अमेरिकन फौजी किरा भएको पुष्टी गरेको छ । गैंडाकोट ५ को गणेश मन्दिर परिसर र भवानी टोलमा यो किराले धेरै क्षती पु¥यायको छ । भवानी टोल निबासी स्थानिय किसान टिकाराम अधिकारीले लगायको १० कठ्ठा जग्गामा लगायको पुरै मकैमा किराले आक्रमण गरेको बताउनुभयो ।

सोमबार गण्डकी प्रदेशको भुमी ब्यबस्था कृषी तथा सहकारी मन्त्रालयको कृषी सेबा अधिकृत शषि अधिकारी ले यस्तो किरा लागेको बिषयमा आफुले आÇनो मन्त्रालयमा जानाकारी दियको बताउनु भयो । त्यस्तै गैंडाकोट नगरपालिकाका कृषी अधिकृत राजु प्रसाद शर्माले यसको निराकरणका लागी नगरपालिकाको कृषी शाखाबाट निशुल्क बिषधी बितरण गरियको जनाउदै यसको सुमुचित प्रयोग गर्न आग्रह गर्नु भयो । त्यस्तै कृषी प्रबीधिक बिनिता केसीका अनुसार यो किराको संक्रमण भएमा साइफर मेथिन+क्लोरोपाइरिपस बिषाधी को प्रयोगले हप्ता दिन भित्र निर्मुल पार्न सकिने बताउनुभयो । किराको रोकथामका लागि जथाभावी रुपमा अनुपयुक्त बिषादीहरु प्रयोग गर्नले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै अमेरिकन फौजी किराले भविष्यमा बिकाराल रुप लिन सक्ने खतरा रहेकोले किसानलाई सचेत रहन आग्रह पनि गर्नुभयो ।पानि परिरहेको समयमा भन्दा सुख्खा मौसममा यो किरा बढी सक्रमित हुने गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ) अन्तगर्त किट बिज्ञान महाशाखाका वैज्ञानिकहरुको टोलीले नवलपरासी जिल्लाको गैडाकोट क्षेत्रबाट यही बैशाख २६ गते नेपाल पहिलो पटक आक्रमणकारी अमेरिकन फौजी किरा भेटिएको जानायको हो ।

अमेरिकी महादेश बाहिर अफ्रीकी महादेशको नाइजेरियामा पहिलो पटक सन २०१६ को जनवरी महिनामा देखा परे पश्चात यो किरा ४० अफ्रीकी मुलुकमा फैलीसकेको छ भने एशिया महादेशमा पहिलो पटक सन २०१८ को मई महिनामा भारतको कर्नाटक राज्यमा उक्त किरा भेटिएको थियो । तत्पश्चात अमेरिकन फौजी किरा श्रीलंका, म्यानमार, भियतनाम, थाइल्याण्ड तथा चीनमा समेत भेटिसकेको छ ।