नगरपालिकाकै उत्कृष्ट सडक निर्माण गैंडाकोट ४ मा

सुरज पौडेल २० जेठ,गैंडाकोट ।

गैंडाकोट नगरपालिका वडा नं.४ को शिबालय मार्ग नगरपालिकाकै उत्कृष्ट मार्ग बनको छ । सोमबार सो मार्गको उद्घाटन गरिएको छ । करिब २ बर्षको निर्माण कार्य पश्चात गैंडाकोट नगरपालिकाका नगर प्रमुख र उपप्रमुख द्वारा समुद्घाटन गरिएको हो । ३ करोडको लागतमा दुवै तर्फ पक्की नाली सहितको १ किलोमिटर पक्की सडक सबै मापदण्ड पुरा गर्दै निर्माण भएको छ ।

लोमो समय सम्म हिलो र धुलामा बस्न बाध्य गैंडाकोट ४ बासीमा खुसी छाएको छ ।करिब ११ देखि १३ र कतै २३ मिटरसम्म चौडाई रहेको वाटोको गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कडेँलले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गर्नुभएको छ ।

उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेलले अव पूर्वाधार निर्माणको कार्यले एक दुई बर्ष भित्र पुर्णता पाउने बताउदै समृद्ध गैडाकोटका लागि उत्पादन क्षेत्रमा लगानी कार्यक्रम र योजना तर्जुमा गर्न तर्फ लाग्ने बताउनुभयो ।

अब देश बाट राजिनितीक मुद्दा सकियको बताउदैै अबको बिकास र निकास भनेको अर्थोपार्जन र उत्पादनशिल क्षेत्र तर्फ केन्दि«त रहने दाबी गर्नुभयो साथै नगरपालिकाबाट नगरको बिकासका लागी सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

यता उपप्रमुख बिष्णुकुमारी कंडेलले आफु नगरको अनुगमन समितीको संयोजक भएको र उक्त बाटो निर्माणमा सुरुवात बाटै रहेको बताउदै मापदण्ड अनुसार सडक निर्माण गर्न ताकेता दिदै आएको बताउनुभयो ।

सडकले पुर्णता पाय संगै स्थानियमा खुसी छाएको बताउदै जनप्रतिनिधी नगर र स्थानियकै खुसी र संबृद्धीमा रमाउन चाहेको बताउदै बालबालिका, महिला ज्येष्ठ नागरिकको क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिँदै चाँडै बालमैत्री वडा घोषणमा लाग्न सुझाव समेत दिनुभएको छ । त्यस्तै अपुग रकम सहित नाली निर्माण र वाँकी सकड कालोपत्रे गर्न नगरपालिकाबाट बजेट उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

नगरपालिकाको १ करोड ७० लाख र जनसहभागीताबाट १ करोड सहित निर्माण भएको सडकमा ३० लाख अपुग भएको वडाअध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिनुभयो । अव २ मिटर कालोपत्रे हुन वाँकी रहेको र ३०० मिटर नाली निर्माणको कार्य वाँकी रहेकाले त्यो कार्यमा पनि नगरपालिकाले सहयोग गर्ने बताउदैस्थानियको पनी उत्तीकै सहभागिता रहनेमा जोड दिनुभयो । दिव्यनरसिंह धाम हुदै जयश्री पुलसम्म जोड्ने सडक नगरपालिकाको भित्रि मेरुदण्ड भएको अध्यक्ष न्यौपानेको दाबी रहेको छ ।

उद्घाटन पश्चात नगर प्रमुख उपप्रमुख लगायत बडा नं.४ का जनप्रतिनिधि, समाजसेवीहरु उक्त सडकमा हिड्दा स्थानियले बाटोमा फुलमाला अविर र भरी पनिको घडा सहित भब्य स्वागत तथा सम्मान गरेका थिए । बर्षेनी डुबानमा पर्ने उक्त टोल अब भने सडको दुबै तर्फको नालीबाट पानी जाने बताउदै डुबानको समस्या समाधान हुने स्थानियको बुझाई रहेको छ । शिवलाय मार्ग वाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष द्वय ऋषिराम घिमिरेको स्वागत मन्तव्य र नन्दप्रसाद घिमिरेले समापन गर्नुभएको थियो ।