‘शुभ लभमा विविधता छ’

काठमाडौं- शुक्रबारबाट नेपाली फिल्म शुभ लभ देशभर रिलिज रिलिज हुँदैछ। युवा ज्योतिषको रुपमा आफूलाई देश विदेशमा स्थापित गरेका हरिहर अधिकारी र २०१७ को मिस टीन समेत रहेकी कृस्टिन पौडेलले मुख्य कलाकारकारका रुपमा यही चलचित्र मार्फत डेभ्यु गर्दैछन्। त्यस्तै राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, राजा राजेन्द्र, डा सुर्या, लगायतका कलाकारहरुलाई पनि शुभ लभमा देख्न सकिने छ।

चलचित्रका निर्देशक समेत रहेका सन्तोष लोहनी चलचित्रले विविधता दिनसक्ने बताउँछन्। ‘फिल्म मौलिक प्रकृतिको छ, विदेशी फिल्मको गन्ध आउँदैन ’ उनले भने ‘अडियो भिडियो हलमा प्रसारित गर्ने भनेर उच्च क्वालिटीको बनाएका छौं। फिल्म युटुवमा आउँदैन।’  नेपाली फिल्म चाँडै युटुवमा आउने भएकाले दर्शकहरु हल नजाने समस्या देखिएका कारण फिल्म युटुवमा नराखिने अधिकारीले बताए।

चलचित्रले विशेषगरि अहिलेको टीनएजरलाई क्याच गर्ने र सबै वर्गको मन छुन सक्ने निर्देशक सन्तोष लोहनीको दाबी छ।  ‘चलचित्रको स्टोरीमा टिमले धेरै मिहेनत गरेको गरेको छौं । हामीले फिल्ममा भेरिएसन र नयाँपन ल्याउने कोशिश गरेका छौ’, लोहनीले भने।

धर्मराज सुवेदी निर्माता रहेको शुभ लभमा हरिहर अधिकारीको कथा रहेको छ। प्रदीप कुमार लोहनीको प्रस्तुती र सन्तोषबाबु लोहनीको निर्देशन रहेको छ। चलचित्रमा अभिमन्यु निरवीको पटकथा रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन भट्टराईको द्वन्द रहेको छ।