नेपालसहित आठ देशको सहभागितामा कतारमा अन्तर्राष्ट्रियस्तरको व्यापार सम्मेलन हुँदै

काठमाडौं, १४ चैत्र । अन्तर्राष्ट्रिय व्यापार सम्मेलन नेपालको आयोजनामा नेपाललगायत विश्वका आठ वटा राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रियस्तरको व्यापार सम्मेलन हुने भएको छ ।

बिहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराइएको हो । सम्मेलन कतारमा हुन लागेको आयोजकले जनाएको छ । आगामी २८ अप्रिलदेखि मे १ सम्म हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले बताएको छ ।

नेपालबाट सम्मेलनमा भाग लिने प्रतितिधिहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको पनि आयोजकले जनाएको छ ।

नेपाली उत्पादनलाई विश्वस्तरमा चिनाउने एक अवसरको रुपमा रहेको सम्मेलनमा नेपालबाट साना तथा मझौला व्यवसायीहरुले सहभागिता जनाउन सक्ने पनि आयोजकले स्पष्ट पारेको छ ।