रोहन र मरिष्का यसरी बाँधिए प्रेम बन्धनमा (भिडियोसहित)

पोखरा, १४ जेठ ।

गायक शम्भु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका रेखा ढुंगाना कटवालसँग सँयुक्त रुपमा शम्भुले गाएको गीत ‘तिम्रो माया रसिलो’को भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोमा रोहन नेपाली र मरिष्का पोखरेल फिचर छन् । चलचित्रका नृत्य निर्देशकको रुपमा चर्चित कमल राई यो भिडियोका निर्देशक हुन् । भिडियोलाई उनले फिल्मी शैलीमै उतारेका छन् ।

यो भिडियोमा फिचर भएका रोहन आफैँ पनि नृत्य निर्देशक हुन् । यद्यपि उनी विभिन्न फिल्म तथा म्यूजिक भिडियोहरुमा अभिनय समेत गर्दै आएका छन् । त्यस्तै अभिनेत्री मरिष्का पनि अहिले म्यूजिक भिडियोहरुमा निकै व्यस्त छिन् ।

‘यो एउटा गज्जब केमेष्ट्री मिलेकोले नै भिडियो उत्कृष्ट बनेको छ । सबैजना अनुभवी र अब्बल भएको कारणले यो सम्भव भएको हो ।’ यसका निर्देशक कमल राईले प्रतिक्रिया दिए ।

गीतको भिडियोमार्फत अडियो अझै बढि चर्चित हुने यसका गायक शम्भु राईको विश्वास छ । त्यस्तै यो भिडियोलाई लिएर अभिनेता समेत रहेका कोरियोग्राफर रोहन नेपाली पनि निकै आशाबादी छन् । अभिनेत्री मरिष्काले पनि शम्भु राईको गीतमा फिचर्ड हुन पाउँदा खुशी लागेको बताईन् ।