प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने– पूर्वराष्ट्र प्रमूखका हैसियतमा थान्कामा बस्नुस् !

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित कुनै पनि शक्तिको चलखेल मान्य नहुने बताएका छन् ।

उनले एउटा डिजिटल मिडियालाई दिएको अन्तरवार्ताका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको हालैका भ्रमणतिर संकेत गर्दै टिप्पणी समेत गरेका छन् ।

उनले भनेका छन्,‘ज्ञानेन्द्र जी पूर्वराष्ट्र प्रमूखका हैसियतमा थान्कामा बस्नुस् । त्यहाँ भन्दा बढी र संविधानभन्दा विपरित केही गरेको खण्डमा कसरी संविधानमा ल्याउनुपर्छ भन्ने हामीले जानेका छौं ।’