प्रहरी नायव निरीक्षकको प्रमाणपत्र नक्कली भन्दै विशेष अदालतमा मुद्दा

काठमाडौं : नेपाल प्रहरीमा कार्यरत प्रहरी प्रधान कार्यालय सुसेनि अंगरक्षक गणका प्रहरी नायव निरीक्षक सुरेशकुमार गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

आयोगले गरेको अनुसन्धानमा गुरुङको  प्रमाणपत्र नक्कली पाइएपछि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, उत्तर प्रदेश, भारतबाट प्राप्त इण्टरमिडिएट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा प्रवेश तथा बढुवा लिइ लाभ समेत लिएको पुष्टी भएपछि भ्रष्टाचार निवारण ऐन, बमोजिमको सजाय हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।