‘जतनाले दिएको समर्थनले उत्साहित छु’–एमाले उम्मेदवार अधिकारी

पोखरा, २६ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले जनताबाट पाएको माया, सद्भाव र समर्थनले आफू उत्साहित भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नम्वर २७  र ३१  मा भएको  घरदैलो कार्यक्रममा नेता अधिकारीले उक्त कुरा बताएका हुन् ।
एमालेका संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको विकासको लागि एमाले जनताको रोजाई रहेको बताए ।
त्यहाँका स्थानियले जनताको सुख दुःखमा सदैव साथ रहने नेताको रुपमा खगराज अधिकारीलाई पाएको भन्दै आगामी निर्वाचनबाट निर्वाचित भएर विकासका थप कामलाई अगाडी बढाउन आग्रह गरे ।
उम्मेदवार अधिकारीले आफू सदैव आफू जनताको बिचमा रहेर काम गर्दै आएको बताउदै जनताकै सल्लाह र समन्वयमा विकासका योजनाहरु अगाडी बढाईने बताए ।
वडा नम्वर २७ को घरदैलोको क्रममा स्थानीयले आफ्नो अभिभावकको रुपमा नेता अधिकारीले सहयोग गर्दै आएको उल्लेख गर्दै जितको अग्रिम शुभकामना दिएका थिए ।
कास्की क्षेत्र १ (१) मा नेकपा एमालेले मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर प्रचार प्रसारलाई तिव्रता दिएको छ ।