पोखरा २३ को विकासमा गठबन्धनको प्राथमिकता, बाटो र कोल्ड स्टोर निर्माण

पोखरा /

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की ३ बाट ५ दलीय गठबन्धनका उम्मेदवारहरुले पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक र कोल्ड स्टोर निर्माण गर्नु पहिलो प्राथमिकतामा राखेका छन् । चुनाव प्रचार अभियानमा पोखरा २३ को बाम्दी, चापाकोट, घरेडी, असलचौर, खोरपाखा चनौटे लगायतका स्थानमा पुगेका उम्मेदवाहरुले मतदातासँग आफुहरुको प्राथमिकतामा सडक र कोल्ड स्टोर रहेको बताएका हुन् ।

प्रतिनिधिसभा उम्मेदवार रामजीप्रसाद बरालले आफु र नेता खिमलाल देवकोटाको पहलमा २० करोडको सडक योजना परेको र फेरी यहाँका सडकहरु निर्माण गर्ने र स्तरोन्नती गर्ने बताए । यहाँका अधिकाँश जनता कृषि पेशामा आवद्ध भएकोले उनीहरुको पेशालाई व्यवसायिकरण गर्न एउटा कोल्ड स्टोरको आवश्यकता पनि आफुलाई महसुस भएको बरालको भनाई थियो । ‘किसानको उत्पादनलाई कौडीको मुल्यमा बेच्नुपर्ने वा गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता हो ।’ बरालले भने, ‘यो बाध्यताको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो ।’

प्रदेश सभाका उम्मेदवार प्रकाश बरालले वडा नम्बर २३ पर्यटकीय दृष्टिले महत्वपूर्ण भएको बताउँदै यहाँ सामुदायिक होमस्टेको प्रवद्र्धन गर्न सहयोग गर्ने बचन दिए । उनले निर्वाचन पनि विधिको शासन स्थापित हुने र बिकास निर्माणले तीब्रता लिने भएकोले आगामी चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

नेपाली काँग्रेस पोखरा २३ का सभापति भरतराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा घरेडि टोल विकास संस्थाका संयोजक मुत्तिmराम पराजुली, स्थानीय केदार पराजुलि, पत्रकार गंगाधर पराजुली, युवा नेता देविलाल लामिछाने, असलचौर टोल विकास संस्था अध्यक्ष मोतिलाल पराजुली, टेकनाथ पराजुलि, टंक बस्ताकोटी लगायतले उम्मेदवारसँग विभिन्न अपेक्षा र सुझाबहरु प्रस्तुत गरेका थिए ।