‘विकास गरे ताली, नगरे गाली दिनुस, तर भोट रुख चिन्हमै हालिदिनुस’–उम्मेदवार प्रकाश बराल

पोखरा,२३ कार्तिक ।
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैछ । निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार तथा आ–आफ्ना राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई मतदातासँग भोट माग्न भ्याईनभ्याई छ । यस्तै मध्येका एक युवा नेता हुन् पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका प्रकाश बराल । कास्कीको क्षेत्र नम्वर ३ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बरालको चुनाव चिन्ह रुख हो ।
चुनाव नजिकिएसँगै सबै उम्मेदवारले आफ्ना घोषणापत्र, प्रतिवद्धतापत्र भन्दै प्रचार गरिरहेका छन् । तर, उनी यस्ता सालिन व्यक्तित्व हुन् प्रचार भन्दा फेस टु फेस मतदातासँग भेटेर आफ्ना कुरा राख्छन् र अपिल गर्छन–‘विकास गरे ताली, नगरे गाली दिनुस, तर भोट रुख चिन्हमै हालिदिनुस’।’ उनी अझै थप्छन्–‘मैले जितुँ या हारुँ तर तपाईको मतको कदर गर्दै म यही क्षेत्रमा सकृय भएर तपाईहरुको सेवामा लाग्नेछु ।’ भेटका क्रममा आफ्नो निर्वाचन क्षेत्रका मतदाताले उत्साहित हुदै रुख चिन्हमै मत दिएर विजयी गराउने बचन दिएको बराल बताउँछन् ।
उनी पोखरा २२ पुम्दीभुम्दीका स्थानीय हुन् । अन्नपुर्ण हिम श्रृङ्खलाको पोखरा १७ छोरेपाटनबाट पञ्चासेसम्मको राम्रो ट्रेकिङ रुट मानिन्छ पुम्दीभुम्दी । ट्रेकिङ रुटको पहिलोे स्टेपमा पर्यटकीय गन्तव्य शान्ति स्तुपा रहेको छ भने दोस्रो स्टेपमा ५१ फिट अग्लो महादेवको मुर्ति निर्माण भएको छ । उक्त महादेवको मुर्ति निर्माणमा निर्माण समितिको महासचिव जस्तो गरिमामय पदमा तिन चार वर्षसम्म रहेर अहोरात्र खटिएका पात्र हुन् उनी । मुर्ति निर्माणको क्रममा विदेश जाने मान्छेलाई रोकेर स्थानिय स्तरमा नै रोजगारी सिर्जना गरेर दीन दुखीको घाउँमा मल्ह्म पट्टी बनेका प्रकाशलाई भुम्दीभुम्दीका बच्चादेखि वृद्धसम्म सबै उमेरकाले मन पराउँछन् । उक्त गाउँका वृद्धवृद्धा भन्छन् ः ‘निस्वार्थ भावले गाउँमा विकास गर्ने मान्छेले ठाउँमा पुगेपछि पक्कै केहि गर्छ, भोट त रुख चिन्हमै दिनु पर्छ ।’
नेता मात्र नभएर समाजसेवीको नामले परिचित प्रकाशको अतुलनीय योगदानले आज पुम्दी भुम्दी टुरिज्म हवमा परिणत भएको छ भने उक्त क्षेत्रमा स्वरोजगार, पर्यटकीय, आर्थिक,सामाजिक, धार्मिक सबै पक्षमा विकासको भएको स्पष्ट देख्न सकिन्छ ।


स्कुले जीवनदेखि नै सक्रिय रुपमा समाजसेवा र राजनीतिमा लागेका उनी जनप्रिय क्याम्पस पोखराको नेवि संघको सभापति समेत बनेका थिए । राजीतिमा ३ दशकभन्दा बढी र उत्तिकै समय खेलकुद क्षेत्रमा निस्वार्थ भावले काम गरेका उनी कुनै दिन विवादमा तानिएनन् । उनी यस्तो युवा नेता हुन्,जो क्लिन चिट छन् । उनी नेपाली काँग्रेसको गण्डकी प्रदेशको मुख्यसचिव हुदै युवाहरुमाझ लोकप्रिय नेताका रुपमा परिचित छन् ।

नीतिमा स्पष्टता, प्रतिनिधिमा इमानदारीता र राजनीतिमा शुद्धता आजको आवश्यकता जुन देखिएको छ, त्यो व्यक्तित्व उम्मेदवार बरालमा देखिन्छ । राजनीतिक क्षेत्रमा युवाको माग जति बढ्दो छ, त्यसको माग पूर्तिका एक विकल्पका रुपमा उभिएका छन्, कास्की ३ (ख) का काँग्रेस उम्मेदवार प्रकाश बराल । समुन्नत नेपाल र सम्मानित नेपालीको लागि राजनीतिमा उनको विकल्प छैन् ।
आफ्नो दुख पिडा सधैं लुकाएर अनुहारमा चमक लिएर सेवाको भावले काम गर्ने उनले विजयी भएर ठुलै काम गर्छु भनेर झुटा आश्वासन मतदातासँग बाँडेका छैनन् । ‘समृद्धि र विकास, वेरोजगारी र विदेश पलायन हुनेहरुका लागि निकास’ आफ्नो पहिलो प्राथमिकता रहेको उनी बताउँछन् । साथै आफ्ना निर्वाचन क्षेत्रका जनताका अरु समस्या र आवश्यकताहरु क्रमबद्ध रुपमा पाँच वर्ष भित्रमा गरिसक्ने उनको प्रतिवद्धता रहेको छ ।

उनले जनताका सानासाना समस्या सुनेका छन्, कतिपय सास्ती र गोता जनताले नसुनाउँदै उनी आफैले बोध गरेका छन् । हो गाउँ उजाडिएको छ, शिक्षा, स्वास्थ्य र रोजगारीका कारण वस्ती शुन्य भएका छन् । हिजोका सुन्दर गाउँहरू बञ्जर भएका छन् । आधारभूत कुरा गाउँमै हुने हो भने सहर झर्ने रहर हुँदैन त्यसलाई सम्बोधन गरेर जनताको वास्तविक जनप्रतिनिधि हुने प्रतिवद्धता गरिहेका छन् । गाउँको मौलिक संस्कृति, पहिचान र रैथाने विशेषतालाई सुरक्षित बनाउन उनले संकल्प गरेका छन्। जनजीविकाको सवाललाई आत्मासात गर्दै प्रतिवद्धता गरेका छन् ।

पर्यटकले पदमार्ग खोजेका छन्, जनताले मोटरबाटो चाहेका छन् यी दुवैलाई उनले समानान्तर विकासको मोडेलमा ढाल्ने योजना बनाएका छन् । पदमार्गको प्रवद्र्धन, पोर्टर र होटलको सुरक्षा आवश्यक छ । स्रोत भएर पनि सोच नहुँदा किनारामा पारिएको वास्तविकतालाई विचार गरेर विकास निर्माणमा खरो खवरदारी गर्न चुक्ने छैन् भन्ने दृढ इच्छा, संकल्पसहितका प्रकाश सतिसाल झै अडिग छन् । जनताका सुखदुखमा समसाथ दिन तयार उनी मतदाताले खोज्न नपरोस् घरदैलोमै पुग्छु भन्ने अठोट गर्छन् ।

चुनावी मुद्धामा उनी प्रष्ट छन् । बिर्सिएको विकास र सुशासनलाई ठाउँमा ल्याई सरकारलाई जवाफदेही बनाउन उनको ध्यान केन्द्रीत रहने छ । पोखरा महानगरभित्रका पछाडि परेका ग्रामीण वडालाई पर्यटकीय गन्तव्यमा रुपान्तरण गर्ने चाहना छ । हेरक वस्तीलाई होमस्टेका लागि प्रयोग गर्न सकिन्छ । कृषिको आधुनिकीकरण, उत्पादनमा वृद्धि, उद्योगी व्यवसायीको लगानीको प्रतिफल, बेरोजगारी समस्याको हल, अव्यवस्थित शहरको व्यवस्थापनमा उनको लगाव देखिएको छ ।

फेवाताल संरक्षणमा विशेष पहल गर्ने, बसुन्धरा पार्क, हिमागृहको सम्वद्र्धन गर्ने, सामुदायिक वनको व्यवस्थापन, जलाधार क्षेत्रमा वृक्षारोपण गर्ने, कृषि, पर्यटन र रोजगारी सिर्जनामा उनको ध्यान तानिएको छ । प्राकृतिक सम्पादा फेवाको डिलदेखि अन्नपूर्ण हिलसम्मको फराकिलो क्षेत्रमा उनले दौडिएका छन् । उनी गाली गलौज, आरोपप्रत्यारोपभन्दा माथि उठेर जनताको घरदैलोमा पुगेका छन् । प्रकाश भन्छन् मेरो उमेद्वारी कुनै व्यक्ति, पार्टीसँगको प्रतिस्पर्धाका लागि होइन मुद्धासँगको हो । मूल कुरा त जनताका समस्या हल गर्नु हो । सपना कसले के देखे, देखाए प्रधान होइन, जनताको भावनाको कदर गर्नुपर्छ । तसर्थ बरालले स्पष्ट नीति, शुद्ध राजनीति र इमानदार प्रतिनिधिको लागि आफूलाई रुख चिन्हमा भोट दिएर अत्यधिक बहुमतले विजयी गराउँन आफ्ना निर्वाचन क्षेत्रका मतदातासँग अपिल गरेका छन् ।