त्रिशूली नदीमा बस खस्दा ५ को मृत्यु, २९ जना घाइते

५ जेठ, पोखरा ।

झापाको काकडभिट्टाबाट काठमाडौं जादै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार बाट बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका २९ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक थापाले जानकारी दिए ।

सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको हो । दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । थप विवरण आउन बाँकी छ ।