पोखरा पब्लिकमा सदन विभाजन

पोखरा, २ जेठ
पोखरा चाउथेको पोखरा पब्लिक स्कुलमा शैक्षिक सत्र २०७६ का लागि सदन विभाजन गरिएको छ । विद्यालयमा वर्षभरि आयोजना गरिने अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न भानुभक्त सदन, लेखनाथ सदन, माधवप्रसाद सदन र लक्ष्मीप्रसाद सदन गरी सदन विभाजन गरिएको हो ।

भानुभक्त सदनमा सुप्रिना अमात्य, लेखनाथ सदनमा सौरभ पौडेल, माधव प्रसाद सदनमा सफल सापकोटा र लक्ष्मीप्रसाद सदनमा दृश्यराज पन्थी क्याप्टेन छनोट भए ।

विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण केसीले सदनका क्याप्टेनलाई सदनको झण्डा हस्तान्तरण गरी कार्य सफलताको शुभकामना दिए । उनले विद्यार्थीमा अन्तर सदनात्मक प्रतियोगितामा स्वस्थ प्रतिस्पर्धाको भावना विकसित हुनुपर्नेमा जोड दिए ।