सबैको माया बटुल्दै हेमन्त कान्छा रसाइली

२०७६ बैशाख २५

सारंगी बादकको भूमिका बाट नेपाली लोक तथा दोहोरी गीतहरु शृंगारीरहेका सारंगी बादक हेमन्त कान्छा रसाइलीले भर्खरै मात्र “बालापन”बोलको गीत लिएर आएका छन् ।

प्रस्तुत गीतमा बालापनको हरेक क्रियाकलाप लाई खोतल्दै आफ्नो आमा बाबाले देखेको सपना पुरा गर्न नसकेर परदेशी भएको कथा समाबेश गरिएको छ ।

हेमन्त कै लय शब्द र स्वरमा तयार भएको गीतको म्युजिक भिडियोमा पनि हेमन्त कान्छा रसाइली स्वयम् देखिएका छन् । उनि संगै आरुष भुसाल, अभिषेक रसाइली, खेम घर्ति, कृष्ण खड्का र राजेन्द्र महराको पनि अभिनय देख्न सकिन्छ ।

बालापन बोलको गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।