“आँशुका धारा थाम्न सकिन दाइ” : मदनकृष्ण श्रेष्ठ

madan-krishna

बैशाख २३, काठमाडौँ

बिहीबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनप्रति बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गहिरो दुःख ब्यक्त गर्नुभएको छ । कोरोनाको संक्रमण ठिक भएपनि स्वस्थ्य अवस्थामा राम्रो सुधार नआएका कारण हाल अस्पतालमा उपचारार्थ श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।

हाई मेरो प्यारो प्रेमध्वज प्रधान दाई, हार्दिक श्रद्धाञ्जली छ, तिमीलाई भन्दै सुरु गरेको स्टाटसमा उहाँले लेख्नुभएको छ : ‘२०२६ सालमा कवि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेको छु ।’

प्रधानको निधनको खबरमा आफुले आँसुका धारा थाम्न नसकेको समेत स्टाटसमा उल्लेख गर्नुभएका श्रेष्ठले प्रधानको तस्बिर हेरेर मन बुझाउनु बाहेकको अहिले अर्को विकल्प नरहेको समेत बताउनुभएको छ ।