शेयर बजार १२ अङ्कभन्दा धेरैले घट्यो

seyar bajar

बैशाख २३, काठमाण्डौ


शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) १२ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १२ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६ सय ३७ दशमलव १३ अङ्कमा पुगेको छ ।
आज व्यापार समूहको शेयर ६२ दशमलव ९९ अङ्कले, होटल र पर्यटनको ४४ दशमलव ४, हाइड्रोपावरको ४९ दशमलव ३९, निर्जीवन बीमाको एक सय ३० दशमलव ३१, माइक्रोफाइनान्सको ६३ दशमलव ८५ र जीवन बीमा समूहको शेयर दुई सय ३९ दशमलव ३३ अङ्कले घटेको छ । आज बैंकिङ समूहको शेयर सात दशमलव ११ अङ्कले, फाइनान्सको तीन दशमलव ५ र लगानी समूहको शेयर भने शून्य दशमलव १५ अङ्कले बढेको छ ।
आज दुई सय १६ कम्पनीको एक करोड ५९ लाख कित्ता शेयर ६ अर्ब १ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट तथा विकास कम्पनीको ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।