संघीय सरकार परिवर्तनको तीव्र तयारी गर्दैछौँ : प्रचण्ड

prachanda d

बैशाख ४, कास्की,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार मात्रै नभएर संघीय सरकार परिवर्तनको तीव्र तयारी भइरहेको बताउनुभएको छ ।

शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाले गण्डकी र लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रियामा रहेको भन्दै प्रदेशमा मात्रै नभएर केन्द्रीय सरकार परिवर्तनको लागि छलफल जारि रहेको बताउनुभयो ।

पार्टी एकताको विचार र भावनालाई प्रभावकारी बनाएर समाजवादको लक्ष्यमा लाग्दा ठूलो षड्यन्त्र भएको उहाको भनाई छ । ओलीको प्रतिगमनकारी कदमलाई सबै लागेर परास्त गरेको उहाले दाबि गर्नुभयो । अलिकति मात्रै नैतिकता भए ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने उहाको भनाई छ ।

ओली बहुमतको साथ दल नेताबाट हटाएपछि संवैधानिक र कानुनी रुपमा पनि ओली प्रधानमन्त्रीबाट हट्नुपर्ने उहाले बताउनुभयो । कम्युनिष्ट एकता गरेर समाजवादको लक्ष्यमा जान खोज्दा ओलीले षड्यन्त्र गरेर भाडभैलो मच्चाएको उहाले आरोप लगाउनुभयो ।