पोखरामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टी, देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा धेरै

corona

बैशाख ३, कास्की,

पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको १५ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार परीक्षणको पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा महामारीको जोखिमपूर्ण अवस्था मानिन्छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसहित पछिल्लो २४ घण्टामा नौ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा दुई लाख ८२ हजार आठ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय आठ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ । अहिले नेपालमा पाँच हजार आठ जना सक्रिय सङ्क्रमित छन् । थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७० जना पुगेको छ ।
यसैबिच
पोखरामा पछिल्लो २४ घन्टामा १० वालबालिकासहित थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबिच पछिल्लो २४ घण्टामा बागलुङमा १० जना, म्याग्दीका १, तनहुँका २, स्याङ्जाका ५, पर्वतका १, नवलपुरका २ र गोरखामा १ जना गरि गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७२ जना निको भएसँगै प्रदेशमा १६ हजार चार सय १५ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा कोरोनाका कारण २०७ जनाले ज्यान गुमाएका छन् ।