ट्राफिक नियम उल्लङ्घन गरेका अश्वेत नागरि प्रहरीद्धारा मारिए

goli chaldai

चैत ३१, एजेन्सी,


ट्राफिक नियम उल्लङ्घन गरेको आरोप लागेका एक अश्वेत नागरिकले प्रहरीको गोली लागेर ज्यान गुमाएका छन् । अमेरिकाको मिनसोटा राज्यको ब्रुकलिन भन्ने स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर २० वर्षका डन्टे राइटको ज्यान गएको बीबीसीले जनाएको छ ।
प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
अमेरिकाका मिनसोटाको मिनियापलिस र सेन्ट पलमा आपतकाल घोषणा गरिएको छ । ती सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।
अर्का एक अश्वेत जर्ज फ्लोइडको हत्याको आरोपमा पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा मिनियापलिसमा पनि प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ । राष्ट्रपति जो बाइडनले गोली प्रहार हुनु दुःखद् भएको तर प्रदर्शन र लुटपाटको औचित्य नरहेको बताउनुभएको छ ।