आहा ! रारा गोल्डकप : फाइनलमा अफ्रिकन रुट र सङ्कटा क्लब भिड्ने

goldcup

चैत २७, कास्की,

पोखरा रंगशालामा जारि आहा रारा गोल्डकपको फाईनलमा अफ्रिकन रुट एसोसियसन र सङ्कटा क्लब भिड्ने भएका छन् । १९ औ संस्करणको उपाधिका लागि शनिबार यि दुई टिमले पहिलो पल्ट भिड्ने भएका हुन् ।

हिजो भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो । अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच अफ्रिकन रुटका मौसा चुनिनुभएको छ ।

यसअघि विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले हराउँदै संकटा क्लब प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपवजिेताले टमिले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।