गण्डकी प्रदेशका ३२ जना सहित २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टी

corona

चैत २५, कास्की,

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय जनाको पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये भक्तपुरका पाँच, ललितपुरका २६ र काठमाण्डौका एक सय ३२ गरी उपत्यकाका एक सय ६३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ७४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर दुई हजार दुई सय एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबिच पछिल्लो २४ घण्टामा पोखरामा थप २८ जना सहित गण्डकी प्रदेशमा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशकै अर्को जिल्ला तनहुँ र पर्वतका थप २, दुई जना गरि गण्डकी प्रदेशमा ३२ कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ७ सय ७२ पुगेको छ ।