चैत ३० मा कांग्रेस नेता पौडेल तनहुँको व्यासमा आउनुहुने

ram-chandra-paudel

चैत २३, कास्की,


आउँदो चैत ३० गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको व्यासमा आउनुहुने भएको छ । व्यास नगरपालिकाले आयोजना गर्न लागेको स्थापना दिवस समारोहकालागि उहाँ तनहुँ आउन लाग्नुभएको हो ।

तनहुँको व्यास नगरपालिकाले नगरपालिकाको आउँदो चैत ३० गते स्थापना दिवस मनाउने तयारि गरेको छ । स्थापना दिवस कार्यक्रमको लागि आमन्त्रणप्रकाशन र कार्यक्रम व्यवस्थापनको तयारीका सम्बन्धमा भएको प्रगतिबारे हिजो समिक्षा गरिएको थियो ।
कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थापना दिवसलाई काङ्ग्रेस नेता पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको पनि उहाँले बताउनुभयो ।