भारतिय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमित भएपछि अस्पताल भर्ना

sachin

चैत २०, कास्की,


भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । केही दिनअघि कोरोना सङ्क्रमित बनेका उनी डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएका हुन्।

उनले ट्वीट गर्दै आफू डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना भएको र अबको केही दिनमै निको हुने विश्वास लिएको बताएका छन् ।

सचिन सन् २०११ मा भएको वर्ल्ड कपमा भारतलाई जिताउन सफल भएका थिए । सन् २०११ को अप्रिल २ अर्थात आजकै दिन श्रीलङ्कालाई हराउँदै भारतले वर्ल्डकप जितेको थियो ।