वायु प्रदूषण भोलिदेखि कम हुने, पोखरामा आजपनि घाम देख्न गाह्रो

3

चैत १६, कास्की,


गण्डकी प्रदेशको राजधानि पोखरा बजार सहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि कम हुँदै जाने भएको छ ।
भोलिदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभएको हो । विहान पानी पर्ने संकेतले केहि आशावादि भएका पोखरेली जनतामा दिउँसो १ बजे सम्म घाम देख्न नपाएपछि निराशाा छाएको छ । आज विहान पोखरा र आसपासका क्षेत्रमा सामान्य वर्षा भए पनि त्यो वर्षा तुवाँलो कम गर्नकालागि प्रयाप्त नभएको मौसमविद् अर्यालको भनाई छ । भोलि हल्का पानी पर्ने सम्भावनासँगै हावाको गति पनि बढ्न सक्ने भएकाले यही हावाले तुवाँलो हट्दै जाने उहाँको भनाई थियो । केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै चार दिनदेखि नेपाल तथा भारतका केही ठाउँमा लागेको डढेलोको धुवाँले देशैभर प्रदूषण बढेको छ ।
प्रदूषणका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरु बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरुले आग्रह समेत गरेका छन् ।