तिन जिल्लाको सिमानामा भएको ‘ग्याङ फाइट’ (अपडेट)

gyang fight

चैत १६, कास्की,


दुई जनाको ज्यान जाने गरी बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा भएको घटनामा हराइरहेकाहरु सम्पर्कमा आएका छन् । बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले दुई समूहबीच भएको ग्याङ फाइट पछि हराएका केही युवा सम्पर्कमा आएका जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा १०, ११ जना घाइते भएका छन् । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् भने केही गम्भीर घाइते भएका र उनीहरुको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

फागु खेल्ने क्रममा हिजो दुई समूहबीच झगडा हुँदा निसीखोला गाउँपालिका – ७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको थियो । उनीहरुको शव बुर्तिवाङ अस्पतालमा नै राखिएको छ । परिवारले दोषी पहिचान गरी कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैनन् ।

घटनाको थप अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो रङ्ग लगाउने विषयमा विवाद भएको बुझिएको छ ।