देशभर १ सय ४५ कोरोना संक्रमित थपिँदा पोखरामा फेरी थप १३ जनामा पुष्टी

helt news

चैत ११, पोखरा ।


पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको छ । जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ९० जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको मन्त्रालयले जनाएको छ । यता नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १९ पुगेको छ । हाल ६३ जना क्वारेन्टाइनमा छन् ।
यसैबिच कास्कीको पोखरा महानगरपालिकामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश कै अर्को जिल्ला बाग्लुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ४ सय २१ पुगेको छ ।