भानुभक्त आवासीय विद्यालय पोखराको नाटक ‘न्यायको खोजी’ गण्डकी कै उत्कृष्ट

natak

चैत ११, कास्की ।


गण्डकी प्रदेश स्तरिय नाटक महोत्सवको तयारी स्वरुप गरिएको नाटक लेखन प्रतियोगितामा न्यायको खोजि नामक नाटकले प्रथम स्थान हात पारेको छ । अनुसा परियारले रचना गरेको न्यायको खोजी शिर्षक दिईएको नाटक प्रदेशबाट सहभागी ४० नाटक मध्य उत्कृष्ट बन्न सफल भएको हो । चैत्र १४ गते दिउँसो ३ बजे पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गरिँदै छ ।
नाटक झण्डै १५ मिनेटको अवधिको हुनेछ । नाटकमा थप निखारता थप्न रिहर्सल भइरहेको छ । पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवमा प्रथम बनेको नाटकले समसामयिक विषयवस्तुलाई उठान गरेको छ । नाटक भानुभक्त आवासीय विद्यालय पोखराको प्रतिनिधित्व गर्दै महोत्सवमा सहभागी बनेको थियो ।
यसपालि पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवमा जनप्रिय माध्यमिक विद्यालय, कास्कीले तयार पारेको ‘लगानी’ नाटक द्वितीय भयो । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ३ बेनीमा रहेको न्यु होराइजन माध्यमिक विद्यालयले तयार पारेको नाटक ‘अभाव’ तृतीय बनेको थियो । सत्यवती माध्यमिक विद्यालय, तनहुँले तयार पारेको ‘कोरोनाको शैक्षिक प्रभाव’ सहित वाराही माध्यमिक विद्यालय कास्कीले तयार पारेको ‘म पछाडिको मेरो सत्य’ नाटक सान्त्वना भएको थियो । प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुने ५ वटै नाटकलाई चैत्र १४ गते विश्व रङ्गमञ्च दिवसको अवसरमा गन्धर्व नाटकघरमा प्रत्यक्ष मञ्चनसँगै पुरस्कार वितरण गरिने आयोजक पोखरा थिएटरले जनाएको छ । यो महोत्सव गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरिएको हो ।