वि.सं. २०७८ सालको पर्व र दिवसमा सार्वजनिक बिदा थपियो

grihamantralaya

चैत ९, पोखरा ।


गृह मन्त्रालयले वि.सं. २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । यस वर्ष पर्व र दिवसमा बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको छ ।
त्यसैगरी जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ । यसअघि गणतन्त्र दिवसको विदा पनि कटौति गरिएको थियो । यद्यपी २०७८ जेठ १५ मा शनिबार परेको छ ।