आँचलको जन्मदिनमा उदिपले दिएको अमुल्य उपहार !

आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । उनले छोटो समयमा नै निकै लोभलाग्दो सफलता हासिल गरेकी छिन् ।

चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी आँचलले छोटो समयमा नै धेरै चलचित्रमा काम गरिसकेकी छिन् ।

आज तिनै चर्चित नायिका आँचल शर्माको जन्मदिन रहेको छ । नायिका आँचल शर्मा आजबाट २५ बर्षमा लागेकी छिन् ।

सानै उमेरमा नै आँचलले धेरै चर्चा पाएकी छिन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छिन् ।

उनलाई पति उदिप श्रेष्ठले जन्मदिनको शुभकामना दिएका छन् । आफुले उपहार स्वरुप माया रहेको भन्दै उदिप श्रेष्ठ सामाजिक सञ्जाल इन्टाग्राममा लेख्छन्, ‘म तिम्रो आँखाको त्यो चमक विर्सने छैन, जस्ले मलाई तिम्रो प्रेममा डुबायो । जन्मदिनको शुभकामना मेरी प्यारी म तिम्रो चमक र मुस्कान कहिले निभ्न दिने छैन ।’

आज आँचलको जन्मदिन भएकाले उनलाई शुभकामना दिनेको ओइरो लागेको छ । सबैले उनलाई जन्मदिनको निकै शुभकामना दिएका छन् ।

केहि दिन अघि अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको बिहे भएको वर्ष दिन पनि पुगेको छ । सो अवसरमा उनीहरू नवजिवन परोपकार समाज पुगेर सेवामा जुटे।

आँचलको साथमा उदिप

उनीहरू लेख्छन्,” नवजीवन परोपकार समाज टोखाको हेरचाहमा रहनुभएका समग्र आमा बुवा दीदी बहिनी तथा दाज भाईहरु प्रति आजको दिन समर्पित गर्दै उहाँहरु बाट सुखमय जिन्दगीको आर्शिवाद लिदै हामीले हाम्रो पहिलो बैबाहिक बर्षगाँठ मनाउँन पाउँदा निकै आनन्द एवं शितलता महशुस गरेका छौँ । हामीलाई आर्शिवाद दिनुहुने नवजिवन परोकार समाजका सम्पूर्ण व्यक्तिहरु प्रति दिलै देखि नमन । “