“निष्ठुरी भन्छ्याै किन मेरी मायालु”काे कभर गित बजारमा (भिडियाेसहित)

हङकङ । नवगायक कृष्ण काईदाकाे”निष्ठुरी भन्छ्याै किन मेरी मायालु”काे कभर गित बजारमा आएकाे छ ।

हङकङ निवासी काईदाले व्रिटिस फाेर्स ब्राेडकाष्ट सर्भिस (BFBS)मा सबै लाहुरे समुदाय तथा नेपालीहरुकाे मन जित्न सफल चार दशक पूरानाे गितलाई कभर गितकाे रुपमा प्रस्तुत गरेका हुन् ।

कृष्ण काईदाकाे स्वरमा रहेकाे कभर गितकाे बाद्यवादनमा हङकङका स्थानिय कलाकारहरु भीम पुन (पूर्व नेपथ्य ड्रमर),रक डाेजान लिम्बु, कुल गुरुङ र राेशन थापाकाे साथ रहेकाे छ भने प्रविधिमा मीन विष्ट,कुमार थापा, विनाेद मेख्खु र दिनेश सुव्वा (हिमालय टाेन्स हङकङ) काे सहयाेग रहेकाे छ ।

यसअघि पनि कृष्ण काईदाले अरुण थापाकाे “कतै टाढा तिमीबाट” गित कभर गितकाे रुपमा गाईसकेका छन् ।

“निष्ठुरी भन्छ्याै किन मेरी मायालु”गित पाेखरा रामवजार घर भएका भुपू व्रिटिस आर्मी देव गुरुङकाे शब्द, स्वर र संगितमा रहेकाे छ ।