सल्युट गोर्खा अब सुविधा सम्पन्न आफ्नै क्याम्प चाउथेबाट सञ्चालनमा

पोखरा, ३ फागुन । पोखराको रामबजारमा केन्द्रिय कार्यालय रहेर सञ्चालन हुँदै आएको सल्युट गोर्खा भर्ति तालिम केन्द्र अब आफ्नै क्याम्प चाउथेबाट सञ्चालनमा आउने भएको छ ।

तालिम केन्द्र भाेलि सरस्वती पूजाको दिनदेखि अन्तराष्ट्रिय स्तरको तालिम मैदान सहित सुविधा सम्पन्न आफ्नै क्याम्प चाउथेबाट सञ्चालन हुने भएको हो ।

यस अवसरमा हरेक तालिम प्याकेजमा रु. १० हजार छुट प्रदान गर्ने सञ्चालक राहुल पाण्डेले बताए । उनका अनुसार छुट प्राप्त गर्ने अवसर सरस्वती पूजाको दिनको लागि मात्र हुनेछ ।

अब सल्युट गोर्खामा सुविधा सम्पन्न छात्रावाससहित सम्पूर्ण तालिम तथा तयारी कक्षा आफ्नै क्याम्पभित्र सञ्चालन हुनेछन् ।

देशकै नमुना भर्ति तालिम केन्द्रका रुपमा विस्तार एवं व्यवस्थापन भईरहेको यस तालिम केन्द्रले गोर्खा भर्तिको मौका पारेर केहि व्यक्ति तथा तालिम केन्द्रहरुले गर्ने आर्थिक चलखेल, लेनदेन र दिईने झुटा आश्वासन विरुद्ध निरन्तर आवाज उठाउँदै आएको सञ्चालक पाण्डेले बताए ।

सामाजिक उत्तरदायित्व वहन गर्दै यस तालिम केन्द्रले गरिव, जेहेन्दार एवं अनुशासित प्रशिक्षार्थीहरुलाई विशेष छुट एवं छात्रवृत्ति प्रदान गर्दै आएको सञ्चालिका प्रभा रंजित पाण्डेले बताईन् ।

सल्युट गोर्खाले निःशुल्क प्रि(मेडिकल चेक एवं आवश्यक परामर्श दिंदै आएको छ । साथै सल्युट गोर्खा एप डाउनलोड गरेर गोर्खा भर्ति सम्बन्धि किताव, सम्भावित प्रश्नपत्र तथा विभिन्न अनलाइन सेवाहरु निःशुल्क उपयोग गर्न सकिने सञ्चालिका पाण्डेले जानकारी दिईन् ।

उनका अनुसार भर्ति हुनका लागि चाहिने आधारभूत आवश्यकताहरुका बारेमा फोन, सामाजिक सञ्जाल ( फेसबुकरयुट्युब) मार्फत वा यस तालिम केन्द्रको कार्यालयमै उपस्थित भएर समेत जानकारी लिन सकिन्छ ।

सल्युट गोर्खाको थप तीन शाखा विस्तार

देशकै अग्रणी भर्ति तालिम केन्द्रका रुपमा परिचित सल्युट गोर्खा भर्ति तालिम केन्द्रले ललितपुर, चितवन र धरानमा शाखा विस्तार गरेको छ । विस्तार गरिएका शाखाहरु भाेलिदेखि नै सञ्चालन ‍हुनेछन । यी सगै सल्युट गोर्खाले देशका ७ जिल्लाबाट तालिम सञ्चालन गर्नेछ । यसअघि सल्युट गोर्खाका काठमाण्डौं, दाङ्ग र बुटवलमा शाखाहरु सञ्चालमा आईसेकका छन् ।

अहिले पनि सल्युट गोर्खामा शारीरिक तालिमका साथै शैक्षिक एवं अन्तर्वार्ता तयारी कक्षा समेत सञ्चालन भईरहेको छ ।

सल्युट गोर्खाले विगत १२ वर्षदेखि ब्रिटिश, सिंगापुर, इन्डियन आर्मी लगायत नेपाल आर्मी क्याडेट र अन्य गोर्खा भर्तिको सम्पूर्ण तालिम प्रदान गर्दै आएको छ ।