कावासाेति -१७ काे माछापुच्छ्रे वि एल वि देशकै चाैथाे स्थानमा


श्रावन १६, कावासाेति
माछापुच्छ्रे बैकले संचालन गरेकाे बचत प्रवर्दन अभियानमा कावासाेति नगरपालिका बडा न १७ बभनाैलिमा संचालन गरिएकाे माछापुच्छ्रे बैक ” क वर्गकाे बैक”अन्तगर्गत रहेका शाखा १३३ बटा मध्ये नेपालभरबाट चाैथाे र गण्डकी प्रदेशबाट दाेश्राे स्थान हासिल गर्न सफल भयकाे छ ।
केन्द्रका व्यावसायिक प्रतिनिधि बुद्धि सागर पाेखरेल ( सागर)ले स्थानिय ग्राहाककाे साथ ,सहयाेग र सदरमुकाम नजिकै रहेकाे ग्रामिण क्षेत्रका बासिन्दाकाे बैकिङ्ग सेवा लिने ईच्छाका कारण सेवा केन्द्र देशकै चाैथाे स्थानमा पुग्न सफल रहेको बताउनुभयाे , साथै उहाँले सेवा केन्द्र स्थापना र संचालन गर्न पुर्याएकाे सहयाेग प्रती धन्यवाद समेत व्यक्त गर्नुभयकाे थियाे ।
ग्रामिण क्षेत्रमा बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ देशभर माछापुच्छ्रे बैकले शाखा रहित बैकिङ्ग सेवा मार्फत देशभर १३३ बटा संचालनमा ल्याएकाे थियाे ।
नवलपुर जिल्ला सदरमुकाम कावासाेति नगरपालिकाकाे वडा न ५, ६, १३ र १७ काे साथै मध्यविन्दु नगरपालिकाकाे वडा न ७ मा गरि जिल्लामा ५ बटा शाखा संचालन गरेकाे माछापुच्छ्रे बैक कावासाेति शाखाका प्रवन्धक शेष राज पाेखरेलले बताउनु भयाे ।
गण्डक प्रदेशकाे मुस्ताङ जिल्लाकाे जाेमसाेममा समेत शाखा संचालन गरेकाे माछापुच्छ्रे बैक शाखा रहित बैकिङ सेवा विभाग प्रमुख मुकुन्द भट्टराईले बताउनु भयाे ।
ग्रामिण क्षेत्रका नागरिकलाई बैकिङ सेवाकाे पहुच सम्म पुर्याउन र सरकारकाे नीति तथा कार्यक्रम समेटिएकाे कार्यक्रम अनुसार एक पालिका एक बैकिङ सेवा कार्यक्रमलाई टेवा पुर्याउने उदेश्यका साथ विशेष गरि बैकका सबै सेवा सुविधा प्रदान गर्ने उदेश्यका साथ व्यावसायिक प्रतिनिधि मार्फत माछापुच्छ्रे बैकले देशैभर शाखा रहित बैकिङ सेवा संचालन गरेकाे बताउनु भयाे ।