शुक्रवार थप ७ सय ४० जनासँगै कुल संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

Corona_Virus_tile

असार १९, शुक्रवार थप ७ सय ४० जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

पोखरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा २५ र पोखरा २१ का १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु होमक्वारेन्टिनमा बस्दै आएका थिए ।

गण्डकी प्रदेशमा शुक्रबार नवलपुरका १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ जना, कास्कीमा २ जना र बागलुङमा १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै , आज थप एक जना काठमाण्डौ नयाँ बानेश्वरका ८७ बर्षका बृद्धको मृत्यु भएको मन्त्रालयकाे पुष्टिसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएसँगै हालसम्म ६ हजार १ सय ४३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।