नवलपरासीको गैंडाकोटस्थित मोनिका सुनचाँदी पसलमा चोरी।

असार १९, गैंडाकोट सुजन अधिकारी ।


नवलपरासीको गैंडाकोटस्थित कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी भएको छ।

गैंडाकोटको चोकमै रहेको उमेश गहतराजको मोनिका सुनचाँदी पसलबाट ९ लाख रुपैयाँ बराबरको गर-गहना चोरी भएको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिए।

पसलको सटर फोरेर भित्र रहेको सुनचाँदीका गर-गहना चोरी भएको पौडेलले जानकारी दिए। पसलमा चोरी भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले पसलमा रहेको सिसिटिभी फुटेजबाट थप अनुसन्धान सुरू गरेको जनाएको छ।