नवलपुरको देबचुलीमा ६ जनामा संक्रमण पुष्टि ।

खगेन्द्र पराजुली,१३ असार, नवलपुर ।  


नवलपुरको देबचुलीमा ६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई प्राकृतिक आईशोलेशन पुर्याईएको छ । 
देबचुली ७ का २६ बर्षकी एक महिला र ३१ बर्षका पुरुष, देबचुली १५ का ३४ बर्षका महिला र देबचुली १३ का २६ बर्षका पुरुष कुबेतबाट आएका हुन् भने देबचुली १७ का ३२ बर्षका पुरुष युएईबाट आएका हु्न् ।


यस्तै, देबचुली १२ का ३३ बर्षका पुरुष भारतवाट आएका हुन् । यी संक्रमितमध्ये देबचुली १३ की महिला भने आफ्नै घरको होम क्वारेन्टाईनमा बसेको नगरपालिका स्रोतले उल्लेख गरेको छ ।


अरु ५ जना सामुदायिक क्वारेन्टाईनमा बसेका थिए । 
नेपाली सेनाको एस्कर्टिङमा आईपुेगेका तेस्रो मुलुकका ब्यक्तिमा देबचुलीमा पहिलोपटक संक्रमण पुष्टि भएको छ । 
यहाँ माईती ठेगाना भएकी एक महिला बाहेक यसअघि संक्रमण पुष्टि भएका यहाँका सबै भारतवाट आई क्वारेन्टाईनमा बसेकामा मात्र संक्रमण पुष्टि भएको थियो । 
ती संक्रमित महिला भने संक्रमणमुक्त भएकी छन् ।