महायज्ञमा संकलित रकम ठगि भएको भन्दै, जिल्ला प्रहरी कार्यालयमा जाहेरी ।

असार ५, स्याङ्जा/महायज्ञको आयव्यय सार्वजनिक गर्न माग रामनदी धाम राम्दीमा वषौँ अगाडि आयोजना गरिएको महायज्ञको आयव्याय सार्वजानिक नभएको भन्दै सरोकारवालाहरुले पत्रकार सम्मेलन मार्फत ध्यानार्कषण गराएका छन् ।

गत २०६८ साल कार्तिक १८ गतेदेखि २५ गतेसम्म स्याङ्जाको साविक मालुङ्गा गाविस हालको गल्याङ नगरपालिका १ स्थित स्याङ्जा र पाल्पाको संगमस्थल रामनदी धाम राम्दीमा गरिएको श्रीमाद भागवत सप्ताह महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवबाट संकलित रकमको आयव्याय सार्वजनिक नगरिएको र उद्देश्य बमोजिम भौतिक निर्माण समेत नभएको भन्दै आज गल्याङ नगरपालिका १ राम्दीमा पत्रकार भेटघाट गरी जानकारी दिईएको हो ।

महायज्ञ समापन गरिएको अघिल्लो दिन सम्म उठेको १ करोड ६६ लाख ४० हजार २४३ रुपैँया र उक्त रकमको व्याज १ करोड ४१ लाख ४४ हजार २०६ रुपैँया समेत गरी ३ करोड ७ लाख ८४ हजार ४ सय ४९ रुपैँयाको आयव्याय सार्वजनिक नगरेको, पटक पटक प्रतिवद्धता जनाईए पनि कुनै कार्य नभएको भन्दै सम्बन्धीत निकायमा गुहार गर्दा कुनै सुनुवाई नभएपछि पत्रकार मार्फत जानकारी गराईएको पे्रस विज्ञप्तीमा भनिएको छ ।

गल्याङका नारायणप्रसाद अधिकारी र बोधराज भण्डारीले हस्ताक्षर गरिएको विज्ञप्तीमा महायज्ञ मुल कार्यसम्पादन समितिका अध्यक्ष दिलिपप्रताप खांण, महासचिवमा नविन पाण्डे रहेको कुरा प्रमाणमा संलग्न पर्चा र महायज्ञ रेकर्डमाबाट पुष्टी हुने पनि विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार भेटघाटमा सहभागि सहयोगी दाता थानेश्वर भट्टराईले पर्ख र हेरको समय सकिएको भन्दै हिसाब किताव सार्वजानिक नभएपछि बाध्य भएर सम्बन्धित निकायमा निवेदन दिईएको बताउनुभयो । उक्त महायज्ञका कारण पछिल्ला महायज्ञहरुमा मानिसहरुको विश्वास नै हटेको उहांले बताउनुभयो ।

लामो समय आयव्याय सार्वजानिक नहुँदा र कुनै भौतिक संरचना समेत निर्माण नहुँदा वडा नं. १ लाई समेत पाल्पा र स्याङ्जाका सहयोगीदाताहरुले आवश्यक कारबाहीको माग गर्दै २०७६ चैत्रमा निवेदन पेश गरेका थिए ।

त्यस्तै आवश्यक छानविनको माग गरी कारबाहीका लागी गल्याङ नगरसमितिको न्यायिक समितिमा समेत द्धोय अधिकारी र भण्डारीले निवेदन पेश गर्नु भएकोमा कुनै सुनुवाई नभएपछि आज पत्रकार मार्फत जानकारी गराईएको निबेदक अधिकारीले बताउनुभयो ।

महायज्ञमा संकलित रकम ठगि भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा समेत जाहेरी दरखास्त दिईएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । भौतिक निर्माणमा एउटा इटा समेत नउठाईएको भन्दै यसको हिसाब स्पष्ट रुपमा चाहेको उहाँहरुको भनाई छ ।