जनआन्दोलनको झल्को दिने राजनीतिक रङ् बिनाको प्रदर्शन

जेठ २९, प्रधानमन्त्रीको सरकारी निबास बालुवाटार क्षेत्रमा सरकारको बिरुद्दमा ब्यापक प्रदर्शन भएको छ ।कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।प्रदर्शनमा हजारौ सहभागी देखिएका थिए ।

प्रदर्शनमा सहभागिहरुले सरकार बिरुद्दमा चर्को नाराबाजी गरेका थिए ।११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।देश लामो समय लकडाउनमा रहदा आम सर्बसाधारणहरुले सरकार बिरुद्दको असन्तुष्टी सामाजिक सञ्जाल मार्फत मात्रै ब्यक्त गर्न पाएका थिए ।हिजोको मन्त्रीपरिषदले लकडाउन खुकुलो पार्ने निर्णय गरेसगै सङ्कटको समयमा सरकारले नागरिकहरुलाई आश्वासत पार्न नसकेको र सङ्कटमा समेत भ्रष्टाचार मौलाएको आक्रोश आमनागरिकहरुले पहिलो पटक सडक प्रदर्शन मार्फत पोखेका हुन ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, भ्रष्टाचारमा सम्लग्नलाई कानुनी कारबाहिको दायारामा ल्याउनुपर्ने ,आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने लगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठी चार्जसहित प्रहरीले धरपकड गरेको थियो ।

कोरोनाभाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिकस्तरमा बढेको असन्तुष्टी नागरिकहरुले बालुवाटारको सडकमा पोखेका छन । महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन गरेको, परीक्षणको दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, नागरिक आवाजको सरकारले पटक पटक बेवास्ता गरेको बिरोध गर्दै सर्वसाधारण विरोधमा उत्रिएका हुन ।

लकडाउनले उकुस- मुकुस भएका नागरिकहरुले लक्डाउन खुकुलो पार्ने सरकारको घोषणा सगै सङ्कटको समयमा सरकारले नागरिकहरुलाई आश्वासत पार्न नसकेको आक्रोश सडकमा उत्रीएर पोख्न शुरु गरेका छन । सरकारले लकडाउन गरेको ८१ औं दिनमा नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन भएको हो ।प्रदर्शन कुनै राजनितिक रङ्गको नभइ नागरिकहरुले सामाजिक सञ्जाल मार्फत गरिएको आग्रहको आधारमा भएको देखिएको छ ।