थप २ सय ७९ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्याे ।

जेठ २८, आज बुधबार नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त भएसँगै कुल ५ सय ७४ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । निको हुनेमा पुरुष ५ सय ९५ जना र महिला ७९ जना रहेका छन् ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।