परिस्थिति जटिल बन्दै, एकैदिनमा ६२ जनामा संक्रमण पुष्टि ।

जेष्ठ ५, नेपालका काेराेना भाइरसकाे सोमबार मात्रै थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै संक्रमितकाे संख्या ३ सय ५७ जना पुगेकाे छ । सबै भन्द बढि पुरुषहरु संक्रमित भएका छन जसमध्ये २ सय ९८ जना पुरुष र ५९ जना महिला रहेका छन ।

बाँकेमा ४७ जना, अन्य ठाउँमा १३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

बाँकेमा भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ । अहिले सम्म ३६ जना काेराेनालाई जितेर घर फर्किएका छन । भने २ जनाको निधन भएको छ ।

अागाे सल्किएझै बढ्दैछ त्यसैले बेलैका सचेत हुन जरुरी छ । हैन भने परिस्थितिले अर्कैमाेड ननेला भन्ने सकिँदैन ।