विपदमा रेडियोको भुमिका ,चुनौती तथा समाधानका विषयमा वानका पुर्वअध्यक्ष झासंग अन्तरक्रिया ।

जेष्ठ ३, पाेखरा ।

कोरोना भाइरस कोभिड १९ को जोखिम रोकथाम तथा न्युनिकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण अन्य क्षेत्र जस्तै संचारमाध्यम पनि प्रभावित छ ।

लकडाउनका कारण साेराजगार मुलक संचागृह पत्रपत्रिका तथा रेडियो,टेलिभिजन पनि बन्द भएका छन् भने कयौले नियमित प्रसारण समय अवधि र कार्यक्रमहरु पनि घटाएका छन् ।
कोरोनाका कारण सिर्जित लकडाउनबाट रेडियोहरुमा परेको समस्या,आर्थिक अवस्था तथा वर्तमान अवस्थामा रेडियोको भुमिका र लकडाउन पछि रेडियोका भावि याेजनाकालागि अपनाउनु पर्ने रणनीतिका विषयमा विहिबार ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल (वान)का पुर्वअध्यक्ष गोपाल झासंग अन्तरक्रिया गरिएको छ ।
जुम क्लाउड एचडी मार्फत् संचालन तथा सहभागीता गराइएको अन्तक्रियामा गण्डकी ब्रोडकाष्ट एशोसियशनमा आवद्ध व्यवसायिक रेडियोहरुका प्रमुख तथा समाचार प्रमुखहरुले सहभागीता जनाएका थिए ।

सो अवसरमा वानका पुर्वअध्यक्ष झाले विपद्को जुनसुकै समयमा रेडियोको अह्मम भुमिका रहने बनाए । उनले अन्य संचार माध्यम नपुगेको स्थानमा पनि रेडियोको सहज पहुँच हुने भएकाले सवै क्षेत्र तथा वर्गका लागि रेडियो उपयोगी भइरहेको दाबी गर्नुभयाे । उहाँले हिजाेकाे दिनमा चाहे राजनैतिक परिवर्तन किन नहाेस वा विनाशकारी भुकम्प तथा विभन्न विपतकाे समयमा रेडियोले खेलेकाे भुमिका सराहनिय रहेकाे बताउनु भयाे ।

नि वर्तमा अध्यक्ष झाले रेडियोको दीर्घकालिन विकासका लागि स्वयम् रेडियोले पनि नयाँ रणनीति बनाएर आफ्नो प्रचार गर्नसके रेडियो दृगकालिन रुपमा सबल बनाउन सकिने बताउदै रेडियोले धेरै कार्यक्रम उत्पादनमा भन्दा गुणात्मक रुपमा कार्यक्रम उत्पादन तथा प्रशारणमा जाेड दिनुपर्ने बताउनुभयाे ।
संघ, प्रदेश तथा स्थानिय सरकारले पनि रेडियोले विपतको समयमा खेलेको भुमिकालाई मध्यनजर गर्दै सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयकाे थियाे ।
एशोसियशनका अध्यक्ष सागर पोख्रेलको संयाेजनमा भएको कार्यक्रममा रेडियो सामर्थ्यका प्रवन्ध निर्देशक समेत रहेका पाेखरेलले विपतकाे समयमा रेडियोले अाफ्नाे भुमिका र जिम्मेवारीबाट नभागि श्राेताकाे मन जित्न सक्ने कार्यक्रम मार्फत सुचना , समचार र संवाद संचालन गर्नुपर्ने कुरामा जाेड दिनुभयाे ।
अन्तरक्रिया गण्डकी प्रदेशभित्र रहि संचालनमा रहेका एशोसियशनमा आवद्ध रेडियोहरुको दिगो विकासका लागि सामुहिक प्रयास मार्फत भुगाेलमा रहेका श्राेताका चाहना अनुरुपकाे कार्यक्रम संचालन गर्ने , हाल गण्डकी प्रदेश भित्रका रेडियोबाट संचालित गण्डकी खवर र संवादलाई अझ प्रभावकारि बनाउखै लैजाने निष्कर्ष समेत निकाले ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल (वान) गण्डकी प्रदेशका सचिव तथा रेडियो कास्कीका डाक्टर कमल बरालले जानकारी दिनुभयाे ।

जुम क्लाउड एचडी मार्फत् संचालन गरिएकाे अन्तरक्रियामा गण्डकी प्रदेशका रेडियो प्रमुखहरुकाे सहभागी रहेकाे थियाे ।