नेपालमा संक्रमितको संख्या २ सय ७३ पुग्याे ।

जेष्ठ ३, नेपालमा चितवन, बर्दिया, पर्सा, सिराहा र सर्लाही पाँच जिल्लाका ६ जनामा आज शनिवार कोरोना संक्रमण भएको पुष्टि भएको छ ।


योसंगै नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार संक्रमण पुष्टि गरेकामा चितवनको गढौली १ का २५ बर्षकी महिला, बर्दिया नार्खु ११ की २८ बर्षकी महिला, पर्साको बिरगञ्ज १२ का २८ र २९ बर्ष २ जना पुरुष, सिराहा सखुवा १९ का ३० बर्षका पुरुष र सर्लाही रामनगर ४ की १८ बर्षकी किशोरी रहेका छन् ।


उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।
आज संक्रमण पुष्टि भएका ६ जनाकै नमूना परीक्षण काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा भएको हो ।