नेपालमा संक्रमितको संख्या २ सय ५८ पुग्याे ।

जेष्ठ २, मकवानपुर र बाँकेमा थप नौ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रवार पुष्टि गरे अनुसार मकवानपुर निवासी ३७ वर्षीय एक जना पुरुष र बाँके जिल्ला नैनापुर वडा नम्वर १, ३ र ५ का १८ देखी ३६ बर्ष उमेर समूहका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 


उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।