लियो क्लब अफ पोखरा फिस्टेल सिटि बर्ष २०२०/२१ का लागि नयाँ कार्यसमिति चयन ।

जेष्ठ १, लियो क्लब अफ पोखरा फिस्टेल सिटि बर्ष २०२०/२१ का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबले अन्लाईन (Zoom Cloud Meeting) बाट साधारण बैठक एवं अधिबेशनबाट संस्थाको ९ औ अध्यक्षमा क्लबका दित्तिय उपाध्यक्ष लियो बिदुर सापकोटा सर्वसम्मत चयन भएका हुन् ।

प्रथम उपाध्यक्षमा लियो सन्तोष बराल, द्वितीय उपाध्यक्षमा लियो महेन्द्र अधिकारी , तृतीय उपाध्यक्षमा लियो आशिष् लामिछाने , सचिवमा लियो नवीन ढकाल, कोषाध्यक्षमा लियो रोनिश रानाभाट, सह-सचिवमा लियो सन्दिप लामिछाने,सह- कोषाध्यक्षमा लियो सौगात घिमिरे,पब्लिक रिलेशन अफिसरमा लियो बिबेक सापकोटा,टेल ट्विस्टर मा लियो सुलोचना पौडेल ,ट्यामर मा लियो अमृत सुवेदी ,मिडिया पर्सन मा लियो बिजय खनाल,आईटि एन्ड टुरिजम पर्सन मा लियो नबराज तिवारी, प्रमुख सचेतकमा लियो गणेश बराल र व्यवस्थापकमा लियो बिशाल बराल चयन भएका छन् ।

क्लबका निबर्तमान अध्यक्ष लियो अशोक बराल सभापतित्वमा भएको सो अन्लाईन मिटिङ मा थप विभागमा समेत प्रमुख ताेकेकाे छ । प्रमुख कार्यक्रम संयोजकमा लियो बिजय पौडेल, स्वास्थ विभाग मा लियो नबराज पौडेल , शिक्षा विभागमा लियो ओम प्रकाश बिश्वोकर्मा ,त्यस्तै कोष अभिबृद्दी संयोजकमा लियो ठाकुर पौडेल, सदस्यता अभिवृद्धि संयोजकमा लियो बिकाश बराल चयन गरेको क्लबका निबर्तमान अध्यक्ष लियो अशोक बराल ले जानकारी दिएका छन् ।

एक ब्यक्ती एक बर्ष एक पदको मान्यता अनुरुप हरेक बर्ष क्लबले नयाँ कार्यसमिती चयन गर्ने गर्दछ । चुनौति र अवसरको यस समयमा आफूलाई थप जिम्मेवारी सहित नेतृत्व सम्हालेका सापकोटा ले आगामी कार्यकाल सफल र सभ्य बनाउन सबै साथिहरुलाई नयाँ जिम्मेवारी दिएको र सबैको साथ सहयोगबाट नै आउदो बर्ष सफल बन्नेमा आफू विस्वस्त रहेको बताए ।