अन्य दल संग एकता हैन कार्यगत एकता:वैद्य

पोखरा । नेकपा क्रान्तिकारी माओबादीका अध्यक्ष मोहन वैद्यले तत्काल अन्य राजनितिक दलहरु संग एकताको बारेमा कुनै कुरा नभएको बताएका छन ।

पार्टी कामको शिलशिलामा पोखरामा आएका बैद्यले बाहिर हल्ला भएजस्तो आफुहरु अहिले कुनै पनि राजनितिक दलहरुसंग संबाद र बार्तामा नभएको उनले स्पष्ट पारे । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैद्यले राजनितिक बिचार र कार्यनितिमा एकम नहुँदासम्म एकताको कुनै अर्थ नहुने भएकाले जुनसुकै चुनौती मोलेर भए पनि क्रान्तिकारी धार बाचाई राख्ने दावी गरे ।

आफुहरु कुनै लहडमा पार्टी निर्माणमा नलागेको भन्दै उनले विचार र कार्यनीति नै आफुहरुको बटम लाईन भएकाले विचारमा एकमत हुनेहरुसंग भने एकताको लागि खुला रहेको पनि स्पष्ट पारे । अहिले बामपन्थी राष्ट्रवादी तथा जनावादी क्रान्ति मान्ने शक्तिहरु बिच भने कार्यगत एकता गरि राष्ट्रियताको पक्षमा आन्दोलन गर्ने बैद्यले बताए ।

आफुहरु अहिले निर्वाचनलाई उपयोग मात्र गरेकोले परिणामको विषयमा कुनै पनि समिक्षा नभएपनि निर्वाचन मार्फत जनताको घरमा पुग्ने काम भने भएको उनले बताए । र्निबाचनमा परिणाम नआउनुमा सत्ताधारीहरु बिचको तालमेल पनि एउटा कारण भएको उनले दावी गरे । यसै बिच क्रान्तिकारी (माओबादी )ले जनयुद्धको बेला गोरखामा सेनाद्धारा मारिएका बाशु वाग्ले र भिमसेन पोखरेलको स्मृतिमा पनि श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment