नेपालमा २ जना नयाँ संक्रमित थपिए सँगै संक्रमितकाे संख्या ५९ पुग्याे ।

बैशाख १९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रबक्ता डा. समिरकुमार अधिकारीले प्रकासित गर्नुभएको बिज्ञप्तिमा बाँके स्थित नेपालगञ्ज र रुपन्देहीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्जका ६० बर्षका ब्यक्ति र रुपन्देहीका २५ बर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ५९ पुगेको छ भने निको हुनेको संख्या १६ रहेको छ ।