भारतले नेपाललाइ २३ टन औषधी सहयोग।

वैशाख १०,

आज स्वास्थ्य मन्त्रालयमा नेपालस्थित भारतीय राजदुत विनयमोहन क्वात्राले स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाइ औषधी हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्यमन्त्री ढकालले छिमेकी देशहरुबीच एक अर्कालाई सहयोग गर्ने परम्परा रहेको र त्यसै अनुसार भारतले नेपाल सरकारलाई जस्तोसुकै अवस्थामा एकसाथ छौ भन्ने सन्देशसहित औषधि तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको वताउनु भयो । भारतिय राजदुत क्वात्राले सबै देश र सबै समाज मिलेर संक्रमणको सामना गर्नु पर्ने वताउनुहुँदै निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भयो ।

राजदुत क्वात्राले हस्तान्तरण गरेको औषधीहरुमा एम्पिसिलिन इन्जेक्शन ५०० एमजी पाँच हजार थान, पाइपरसिलिन ४ एमजि ८ हजार थान, मेटोक्लोप्यारमिड १० एमजी, ३ हजार थान, एडेनोसाइन ६ एमजि तीन सय थान, डोपामाइन एसिएल २०० एमजी चार सय थान, एट्रोपाइन सल्फेट इन्जेक्सन २८ सय थान, हाइड्रोअक्सिक्लोरोक्वाइन २०० एमजी दुई लाख ५० हजार थान रहेका छन् ।

Source – Nepal Television