नेपालमा सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो उदयपुरमा मात्र थप ११ जना ।

बैशाख ९, काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन जना र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।


उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दामा जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । प्रदेश नम्बर १ सरकारले उदयपुर जिल्लालाई नै शिल गर्ने निर्णय गरेको छ ।


उदयपुरमा मात्रै २४ जना सङ्क्रमित भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि कोरोना सङ्क्रमण देखिएपछि मस्जिद वरपरका मानिसको नमुना परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये ५ जना उपचारपछि घर फर्किसकेका छन् ।