भाेलि देखि ‘लक डाउन’ खुकुलो पार्ने निर्णय

भाेलि देखि ‘लक डाउन’ खुकुलो पार्ने निर्णय भएको छ ।

बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बैठकले देशभर अत्यावश्यक सामग्री अभाव हुन थालेपछि अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यसअघि सरकारले लक डाउनका नाममा धेरै कडाइ गर्दा उद्योग सञ्चालन प्रभावित भएको थियो । अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

खाद्य उत्पादन गर्ने उद्योगभित्र कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउने दिइनेछ,’ मन्त्री खतिवडाले भने,

लक डाउन १८ गते सकिने भएपनि सरकारले २५ गते मध्यारातिसम्म लक डाउन थप हुने निर्णय गरेपछि कतिपय अत्यावश्यक सामग्री अभाव हुन थालेको थियो ।